काठमाण्डौ । केही पहिले विश्वको ह्यापिनेस (सबैभन्दा खुसी)को पहिलो सूचीको देशमा नर्वे परेको सार्वजनिक भयो । तर, मलाई लाग्यो, त्यो सूचीमा त नेपाल हुनुपथ्र्यो। प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएका अध्यक्ष केपी ओलीले भने। 

यस्तो उर्वरभूमि । ज्ञान–विज्ञानको तपोभूमि, पूर्वीय दर्शनको खानी, ऋषिमुनिहरूका सन्तान नेपाली, दुनियाँसँग लडाइँ लडेर वीरता देखाएको, काममा सबैले पत्याएको, ऊर्जावान् युवाहरूको देश, विश्वशान्तिको सन्देश फैलाउने गौतम बुद्धको देश, म होइन–हामी सामूहिकताको भावना । 

तर, अलिकति देश राजनीतिक सेन्टिमेन्टलतिर मात्रै बहकिएकाले केही स्पष्ट पार्दै, व्यवस्थापन गर्दै अघि बढ्न जरुरी छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।