काठमाण्डौ । परराष्ट्र मन्त्रालयमा बार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको खबर आजको नागरिकमा छ ।

पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै बर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो ।

महालेखा परिक्षकको कार्यालयले तयार पारेको आर्थिक बर्ष २०७२/०७३ को प्रतिवेदनमा अनियमितता औंल्याइएको छ ।

उत्त आवको लेखा परिक्षण गर्दा ४१ करोड ४६ लाख ४७ हजार रुपैयाँ बेरुजु देखाइएको छ । बेरुजुमध्ये करिब २४ करोड अनियमितता भउको प्रतिवेदनमा उल्लेख छ । यो खबर आजको नागरिकमा छापिएको छ ।