काठमाण्डौ । नेपालको पहिलो ISO 9001:2008 प्रमाणित सुन तथा हिराको कम्पनी रिद्धि सिद्धि ज्वेलर्स प्रा.लि. विशालबजारले बैशाख १५ गते शुक्रबार(भोलि) पर्ने अक्षय तृतीयाको दिन गहनाको ज्यालामा भारी छुटको अफर सार्वजनिक गरेको छ ।

सुख सम्बृद्धिको पर्वको रुपमा मानिने अक्षय तृतीयाको दिनको अवसरमा रिद्धिसिद्धि ज्वेलर्सले छुटको विशेष स्कीम विगत १० वर्षदेखि नै ल्याइरहेको छ ।

यो दिन महालक्ष्मीको विशेष कृपा हुने र सुनचाँदी वा सम्पत्ति जोडिए घरमा धनधान्य हुने मान्यता रहिआएको छ ।