कठमाण्डौ । वैज्ञानिकहरुले मुसाको जिवित कोषिकाका हरेक गतिविधि नियन्त्रित गर्नका लागि स्मार्टफोनको प्रयोग गरेका छन् ।

जिव विज्ञान तथा प्रौद्योगिकीको प्रयोग त्यो मुसाको ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्न गरिएको थियो, जुन मुसा डायबिटिज अर्थात मधुमेहबाट पीडित थियो ।

साइन्स ट्रान्सलेसन मेडिसिनमा प्रकाशित यो शोधमा भनिएको छ कि यो प्रयोगले डायबिटिजको उपचारमा निकै ठूलो सहयोग प्राप्त हुनसक्छ ।

वैज्ञानिकहरुले सबैभन्दा पहिला आम कोशिकामा आनुवंशिक रुपले परिवर्तन गरे ताकि यस्तो औषधि बनाउन सकियोस्, जसले इन्सुलिनले जस्तै ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्न सकोस् ।

स्मार्टफोनको टचस्क्रीनबाट निस्किने एक खास प्रकारको प्रकाशबाट यो संभव रहेको वैज्ञानिकहरुले दाबी गरेका बीबीसीले लेखेको छ ।

यो तन्त्रलाई अप्टोजेनेटिक्स भनिएको छ । यो कोशिकामा त्यसबेला प्रभावमा आउँछ, जब विशिष्ट तरंगलाई रातो रंगको प्रकाशमा ल्याइन्छ ।

वैज्ञानिकहरुले यस्तै प्रणाली मुसामा स्थापित गरी डायबिटिज नियन्त्रण गर्न आफूहरु सफल भएको दाबी गरेका छन् ।

वैज्ञानिकहरुले यो प्रणाली अन्तर्गत खूनको एक थोपा लिए ताकि उनीहरुलाई थाहा होस् खूनमा सुगरको मात्रा कति छ र यसबाट उनीहरुले डायबिटिज प्रभावित जनावरभित्र कति मात्रामा औषधि पठाउँदा ठीक हुन्छ भन्ने कुरा समेत जान्ने कोशिश गरे ।

उनीहरुको लक्ष्य यस्तो सिस्टमको विकास गर्नु हो, जसबाट सुगरको स्तर मात्र होइन, औषधिको कति परिणाम सुगर प्रभावितको शरीरमा हाल्न सकिन्छ भन्ने कुरा समेत थाहा हुन सकोस् ।

यो प्रक्रिया अहिले प्रारम्भिक चरणमा छ र यो प्रणाली पूर्ण सफल भएपछि प्रयोग डायबिटिजमा मात्र सीमित नहुने वैज्ञानिकहरुले बताएका छन् । कोशिकाहरुको प्रयोग विभिन्न खालको औषधिहरुको उत्पादनमा समेत गर्न सकिने शोधमा बताइएको छ ।