काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका केही सञ्चालकहरु र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ ।

काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरुले संगठित रुपमै अभियान चलाएका छन् ।

सञ्चालकहरु भने घिसिङ आफूखुसी निर्णय गरेको भन्दै उनको मनोबल गिराउन लागिपरेका छन् ।

घिसिङमाथि अवरोधको प्रयास गर्ने सञ्चालकमा लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने छन् ।

गत तिहारदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुत्त, र उपत्यकाबाहिर पनि लोडसेडिङ घटाएर चर्चा कमाएका घिसिङ यसलाई निरन्तरता दिने अभियानमा जुटिरहेका आजको कारोबार दैनिकमा समाचार छ ।

उनले विद्युत माग र आपूर्तिबीचको सन्तुलन व्यवस्थापन गरेर उपत्यकालाई लोडसेडिङमुक्त बनाएका हुन् । तर लोड व्यवस्थापन गर्न सफल उनलाई व्यक्तिगत निर्णय गरेको भन्दै सञ्चालकले प्रश्न चिन्ह उठाएपछि अभियानमै अवरोध उत्पन्न भएको छ ।