नेपालगञ्ज । अग्नी इन्कर्पाेरेटेडको नेपालगञ्जस्थित आधिकारिक बिक्रेता भुसाल इन्टरनेश्नल मार्पmत महिन्द्राको नयाँ बिग बोलेरो पिक–अपका साथै  TUV300 र  KUV100 गाडीहरु अब नेपालगञ्जमा पनि उपलब्ध हुने भएको छ । 

ती तीनैवटा गाडीहरु महिन्द्राका लोकप्रिय मोडल हुन् भने नयाँ बिग बोलेरो पिक–अप नेपालमै सर्वाधिक विक्री हुने बोलेरो पिक–अपको नयाँ मोडल हो । उक्त तीन गाडीहरुसँगै नेपालगञ्जका ग्राहकहरुले भुसाल इन्टरनेशनल मार्पmत महिन्द्राका उत्कृष्ट सेवाहरु पनि प्राप्त गर्ने कम्पनीले दाबी गरेको छ । 

उत्कृष्ट डिजाइन, स्टाइलिश र आरामदायी इन्टिरियर, तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याचब्याक गाडीको मूल्यमा एसयूूभी गाडीको अनुभव प्रदान गर्ने KUV100 ग्राहकहरुमाझ एउटा नौलो प्रस्तुती रहेको कम्पनीले जनाएको छ  

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पुर्याउँदै आई आप्mना सेवाहरु सञ्चालन गर्दै आएको छ । नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडीहरुको बिक्रेताको रुपमा आपूmलाई प्रस्तुत गराउन सफल छ ।