बैंकिङ

विश्व वातावरण दिवसमा नबिलले ल्यायो दिगो घर कर्जा, सहुलियत ब्याजमा रु. ५ करोडसम्म लोन पाइने

विश्व वातावरण दिवसमा नबिलले ल्यायो दिगो घर कर्जा, सहुलियत

काठमाण्डौ । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक...
ramesh hamal

भ्रष्टाचारको सूचना पाएपछि सरकारले नयाँ स्टकको लाइसेन्स

-प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयरबजार सुधार र बिकासका...
'लचिलो मौद्रिक नीति ल्यायौं, समग्रमा ब्याजदर १% विन्दूले घटायौं':महाप्रसाद

'लचिलो मौद्रिक नीति ल्यायौं, समग्रमा ब्याजदर १% विन्दूले

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले...
मौद्रिक नीतिका महत्वपूर्ण ८ बुँदा, यसरी सम्बोधन गरियो घर र सेयरकर्जालाई

मौद्रिक नीतिका महत्वपूर्ण ८ बुँदा, यसरी सम्बोधन गरियो घर र

काठमाण्डौ । मौद्रिक नीतिमार्फत राष्ट्रबैंकले केही नीतिगत...


NRB

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

16863074672-IMG5195.JPG
काठमाणडौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता भएको छ।  गभर्नरको कार्यालयमा भएको भेटवार्तामा दुवैबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भएको थियो।  छलफलका क्रममा गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकण, नियामकीय र सुपरिवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको विकासलगायत नेपाल राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी...

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

1686300464nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति ल्याउने प्रक्रिया अगाडि बढाइसकेको छ।  समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको...

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

1686299347nrb1.jpg
काठमाण्डौ । मुलुकमा मुद्रास्फीतिको अवस्थामा सामान्य सुधार भएको देखिएको छ। यद्यपि काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको छ। वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो महिना चैतमा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत थियो। अघिल्लो वर्षको वैशाखमा भने यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत...
1682833690New-logo-5in1-NRN-ad-min-2.gif

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

1686298226nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु व्यापार घाटा १२ खर्ब माथि रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई रु. १२ खर्ब ४ अर्ब ४२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो।  समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा कुल वस्तु आयात १६.८ प्रतिशतले कमी आई रु.१३ खर्ब ३५ अर्ब...

चालु खाता रु. ५४.६७ अर्बले घाटामा, कस्तो छ शोधनान्तर स्थिति ?

1686297673nrb.jpg
काठमाण्डौ । मुलुकको चालु खाता साढे ५४ अर्ब रुपैयाँ बढीले घाटामा रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो।  अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ।   समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई ६ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ...

Development Bank

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1686026131excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  मर्जर प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा आवश्यक संशोधन...

कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली नियुक्त

1682570237Dinesh-Thakali.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले वैशाख १४ गतेबाट लागू हुने गरी थकालीलाई सीईओम नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।  थकाली हाल प्रभु बैंकको नायव महाप्रबन्धक रहेका छन्। उनीसँग प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर काम गरेको २ वर्षको अनुभव पनि छ।  सांग्रिला डेभलपमेन्ट बैंकमा पनि थकालीले कामु सीईओको जिम्मेवारी निभाएका थिए। सांग्रिला बैंकबाट उनी प्रभु बैंक आएका थिए।    ...

प्रदेशबाट राष्ट्रियस्तरसम्म निरन्तर अगाडि बढ्दै शाइन रेसुङ्गा

1682494941Building.jpeg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ सेक्टरमा केही समस्या देखिएको छ। विशेषगरी कर्जा असुलीमा कठिनाइ देखिएको छ। तरलतामा संकुचनका साथै उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा सुस्तता देखिएको छ। जसका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाका बिजनेस ओरालो लागेको छ।  काठमाण्डौबाहिर केन्द्रीय कार्यालय रहेको र ग्रामीण तहसम्म पहुँच बनाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक स्थापनाकालदेखि नै निरन्तर रुपमा सम्हालिँदै अगाडि बढिरहेको छ। फलस्वरुप सबैभन्दा कान्छो राष्ट्रियस्तरको यस विकास बैंकका अधिकांश मुख्य वित्तीय सूचकहरु सबल र सुदृढ रहेका छन्। चालु आर्थिक वर्षको तेस्रो...

एनपीएल बढ्दा महालक्ष्मी विकास बैंकको नाफामा संकुचन, ईपीएस पनि घट्यो

1681978363mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४५.९५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ७१ करोड ४२ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ३७ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ।  बैंकको वितरणयोग्य मुनाफा २ करोड ६९ लाख रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्म बैंकले ५४ करोड ८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४६.४४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो...

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३८.५७%ले घट्यो, एनपीएल बढ्दा इम्पेयरमेन्ट चार्ज बढ्यो

1681966854shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ३८.५७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ४० करोड ६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर २४ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ।  बैंकको वितरणयोग्य मुनाफा १२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। तेस्रो त्रैमाससम्म बैंकले ३५ करोड २८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३८.३० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही...

Finance

श्रृजनशील लघुवित्तले डाक्यो एजीएम, यस्ता छन् मुख्य अजेन्डा

1686281367srijanshil.jpg
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सिराहाको गोलबजार–५स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले अन्य लघुवित्तसँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  संस्थाको प्रबन्धपत्र र नियमावलीमा नियमनकारीहरुबाट कुनै विषयमा थप संशोधन वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न...

साना किसान र आरएमडीसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1686224228sana.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  गत भदौ ३१ यी दुई संस्थाबीच एकआपसमा गाभिने उद्देश्यले प्रारम्भिक समझदारी भएको थियो । मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडीसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्। मर्जरपछि एकीकृत वित्तीय संस्थाको...

नेष्डो समृद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, अब के होला लाभांश ?

1686143642scon.jpg
काठमण्डौ । सर्वोच्च अदालतले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले दायर गरेको लाभांशसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले आज यो रिटमा ‘अन्तरिम आदेश नहुने’ आदेश दिएको हो। योसँगै नेष्डो समृद्ध लघुवित्तले मुद्दा हारेको छ।  गत जेठ ५ गते नेष्डो समृद्ध लघुवित्तले आफूहरुले प्रस्ताव गरेको लाभांश नै वितरण गर्न पाउनुपर्ने माग गर्दै नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिटमा गत जेठ ९ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले लाभांश...

राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1686113515asha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले जेठ २३ गते (मंगलबार) दुई लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको हो। यसअघि यी दुवै लघुवित्तले संयुक्त रुपमा प्राप्ति प्रक्रियामा सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए।  यी दुवै लघुवित्तबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो। दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र...

इक्राले मिर्मिरे लघुवित्तको रेटिङलाई राख्यो सूक्ष्म निगरानीमा

1686055204icra.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निष्कासनकर्ता रेटिङ (इक्राएनपी–आईआर)बीबी माइनस@लाई प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानीमा राख्नुका साथै ‘इस्यूआर नट कोअपरेटिङ क्याटोगरी श्रेणीबाट हटाइएको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘@’ प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानीमा राखिएको उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन।   ...

वाणिज्य बैंक

लक्ष्मी बैंकद्वारा विशेष साधारणसभा आह्वान, सनराइज बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1685500988laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिने (मर्जर)सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ। मर्जर प्रयोजनका लागि मूल्यांनकर्ताले तयार गरेको बैंकको चल तथा अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनबमोजिम सिफारिस गरिएको १ः१ सेयर स्वाप रेसियो पनि सभाले अनुमोदन गर्नेछ।  मर्जर...

महोत्तरी शाखामा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न एनएमबि बैंकद्वारा सम्बन्धित निकायमा आग्रह

1685450852nmb-bank.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्नो महोत्तरी शाखामा आज भएको लुटपाटको घटनामा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। एनएमबि बैंकले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो। ‘नेपाल–भारत सिमानानजिक रहेको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखा कार्यालयमा आज करिब मध्याह्न १२ः२५ बजे ३–४ जनाको समूहमा रहेका अपरिचित बन्धुकधारीहरु प्रवेश गरी नगद लुटिएको छ’, विज्ञप्तिमा भनिउको छ, ‘उक्त घटनामा संलग्न व्यक्तिहरुलाई आवश्यक कानुनी कारबाही गर्नका लागि सम्बन्धित निकायमा अनुरोध भइसकेको छ।’ उक्त घटनाको अनुसन्धान सम्बन्धित...

एनएमबि बैंकको महोत्तरी शाखामा पेस्तोल देखाएर लुटपाट, ५ जनाको संख्यामा थिए लुटेरा

1685435682looter.jpg
काठमाण्डौ । हतियारधारी लुटेराहरुको समूहले एनएमबि बैंकको महोत्तरी शाखामा लुटपाट गरेका छन्।  महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबि बैंकको शाखामा हतियाधारी लुटेराहरुको समूहले लुटपाट मच्चाएको हो। आज मध्याह्न साढे १२ तिर लुटेराहरु बैंक पसेर लुटपाट गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।  प्रहरीका अनुसार लुटेरा समूहमा ५ जना थिए। उनीहरु सबैले पेस्तोल बोकेका थिए।  लुटेरा समूहले पेस्तोल देखाएर बैंकको नगद काउन्टरमा बस्ने कर्मचारीलाई नियन्त्रणमा लिएर रकम लुटेर लगेका छन्। बैंकबाट लुटेराहरुले कति रकम लगे भन्ने कुरा...

सनराइज बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1684896222sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको जेठ ८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले सनराइज बैंक र लक्ष्मी बैंक आपसमा गाभिने (मर्जर)सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ।  सभलो मर्जर प्रयोजनका लागि मूल्यांनकर्ताले तयार गरेको बैंकको चल तथा अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर...

ग्राहकको खाताबाट रकम हराएको खबरप्रति माछापुच्छ्रे बैंकको गम्भीर ध्यानाकर्षण, भन्यो-‘ग्राहकको बचत पूर्ण रुपमा सुरक्षित छ’

1684847008machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले रौतहटको चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका पछिल्ला समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। ‘ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाता तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड...

Cooperative

‘केहीको बदमासीले राम्रा सहकारीलाई समस्या भयो’

1686138965CJN-Photo-24--1.jpg
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासनहीनताले आमसहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको बताएका छन्।  नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा बुधबार भएको कार्यक्रममा सचिव रेग्मीले थोरै सहकारी संस्थाले गरेको बदमासीका कारण सदस्यले सबै सहकारीमाथि अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको बताएका हुन्। ‘गलत काम गर्ने सहकारीलाई संघ र महासंघले संरक्षण दिनेभन्दा पनि कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन सहयोग गर्नुपर्छ’, उनले भने, ‘गलत काम...

कर्जा चुक्ता गर्न ७० सहकारीलाई युवा स्वरोजगार कोषको ३५ दिने अल्टिमेटम, नतिरे कालोसूचीमा राख्ने

1684919295top.jpg
काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा चुक्ता गर्न ७० वटा सहकारी संस्थालाई ३५ दिने अल्टिमेटम देखिएको छ।  कोषले आज एक सूचना प्रकाशित गर्दै लिएको कर्जा नतिरेका ती सहकारीलाई कर्जा तिर्न आउन ३५ दिने अल्टिमेटम दिएको हो। कोषबाट थोक कर्जा लिएका ती संस्थाहरुलाई कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जनासहितको सम्पूर्ण रकम बुझाउन भनिएको छ।  यसरी कर्जा लिएर नतिर्नेमा सहकारीमा सबैभन्दा बढी कर्णाली प्रदेशका २८ वटा छन्। त्यसपछि कोशी प्रदेशका १४ वटा, मधेस प्रदेशका ११ वटा, बागमती प्रदेशका १० वटा, लुम्बिनी प्रदेशका ४ वटा र...

समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता

1683792134coop.jpg
काठमाण्डौ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताले रकम फिर्ता पाएका छन्।  सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरिएको सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए। सहकारीका सञ्चालक र ऋणीको बैंक खाता रोक्का गरेपछि आएको पैसाले बचतकर्ताको बचत फिर्ता गरिएको उनले बताए।  सरकारले विसं २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेपछि जारी गरेको सूचनाअनुसार कुवेर सहकारीका १० बचतकर्ताले...

‘निजी क्षेत्र र सहकारी क्षेत्रबीच सहकार्य आवश्यक’

1681007295Chandra-Dhakal-2.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्यको खाँचो रहेको बताएका छन्।  राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनको तेस्रो दिन ‘निजी, सार्वजनिक र सहकारीबीचको साझेदारीका लागि साझा मञ्च’ विषयक छलफलमा वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘निजी क्षेत्रले सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक पनि छ, उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको छ, त्यसमा सयभन्दा बढी सहकारीहरु...

‘राज्यले सहकारीलाई सहुलियत ऋण दिनुपर्छ’

16808681163399753991072666990036238778711737410573475n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताएका छन्।  राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले १ अर्बभन्दा बढी कारोबार गर्ने सहकारी २०० भइसकेको बताए। विकास बैंक, लघुवित्तभन्दा सहकारी ठूलो भइसकेको उनको भनाइ थियो। ‘सहकारीको सुधारमा हाम्रो चासो छ। बैंकको ब्याज धेरै भएमा सहकारीमा गएर बस्ने गर्छ। त्यो तरिकाले स्विम भइरहेको छ। सहकारीलाई ध्यान दिइरहेका हुन्छौँ’, उनले भने�...

भर्खरै

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?