काठमाण्डौ । सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको आपूर्ति सहज बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेशमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चापअनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न भनिएको छ। 

सर्वोच्चले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधि, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन पनि आदेश दिएको छ।