काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू समयमै फिर्ता गर्न आग्रह गरेको छ। 

मन्त्रालय एक सूचना जारी गरी यस्तो आग्रह गरेको छ। अक्सिजन आपूर्ति व्यवस्थामा सहज भए पनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेको सूचनामा उल्लेख छ। ‘एउटा उद्योगका अक्सिजन सिलिन्डरहरू अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको छ’, सूचनामा भनिएको छ, ‘यसले आगामी दिनमा समस्या निम्त्याउने सक्नेछ।’ 

अक्सिजन सिलिन्डरहरू देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैजना संवेदनशील बनिदिन पनि मन्त्रालयले आग्रह गरेको छ। 

मन्त्रालयले अक्सिजनजस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने र गराउने कार्य बन्द गर्न पनि आग्रह गरेको छ। ‘अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्न अनुरोध गर्दैछौँ’, सूचनामा भनिएको छ।