काठमाण्डौ । नेपालका लागि महिन्द्रा फोरह्विलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुपले आफ्ना सेवाग्राहीको सुविधाका लागि नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वर्कस’ पोखराको प्रश्याङमा सञ्चालनमा ल्याएको छ। 

पोखरा अटो वर्कस अग्नि ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ।

पोखरा अटो वर्कसको उद्घाटन आज साउन २३ गते अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्दराज बतास, युगल सिंह (बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड) र सन्तोष सुवेदी (गण्डकी प्रदेश प्रबन्धक)द्वारा अग्नि ग्रुप तथा बतास संस्थाका प्रतिनिधिका साथसाथै अन्य अतिथिको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो।

अग्नि ग्रुपले हाल नेपालभरि रहेका आफ्ना नेटवर्कबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ। त्यस्तै उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै धेरैभन्दा धेरै आफ्ना डिलर र सबडिलरहरु विस्तार गर्दै जाने लक्ष्य पनि लिएको छ।