काठमाण्डौ । अग्रवाल सेवा केन्द्रले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा व्यवसायी महेशकुमार अग्रवालको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । 

सेवा केन्द्रको निवर्तमान अध्यक्ष राजकुमार अग्रवाल रहेका छन् । तीन उपाध्यक्षमा गिरिधारी अग्रवाल(लोहिया), किशोरकुमार  अग्रवाल र रमेशकुमार अग्रवाल(केशान) सर्वसम्मत भएका छन् । मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल चुनिएका छन् । 

यस्तै, महासचिवमा सुनिलकुमार वंशल(धानुका) सर्वसम्मत भएका छन् भने दुई सचिवमा पंकज जालान र सुबोधकुमार गाडिया(हेमन्त) छानिएका छन्  । कोषाध्यक्षमा पंकज जालान र सहकोषाध्यक्षमा अरुणकुमार (धानोठीवाला) सर्वसम्मत भएका छन् । 

नवनिर्वाचित महासचिव सुनिलकुमार वंशल(धानुका)ले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अग्रवाल सेवा केन्द्रको बिधान बमोजिम ७ प्रकारका सदस्यहरुमा निम्न व्यक्तिहरु निर्वाचित भएका बताइएको छ । 

(क) अति विशिष्ट न्यासीबाट : राजेन्द्रकुमार खेतान, गोपीचन्द्र अग्रवाल(सुद्रानिया), अशोककुमार तोदी, पुरुषोतमलाल संघई
(ख) विशिष्ट न्यासीबाट : सुमितकुमार अग्रवाल, सुनिलकुमार अग्रवाल(गोयल), बसन्तकुमार चौधरी, सञ्जय सुरेका, किशोरकुमार अग्रवाल
(ग) न्यासीबाट : बिनोदकुमार खेतान(गुप्ता), सन्दीप अग्रवाल(माखरिया), विश्वनाथ केडिया, ऋषिकुमार अग्रवाल, (तुलस्यान) श्यामसुन्दर घिराईया    
(घ) विशिष्ट संरक्षकबाट : सुनिलकुमार वंशल(धानुका), महेशकुमार अग्रवाल, केदारनाथ  गुप्ता, राजेन्द्रप्रसाद घिराईया, कमलेशकुमार अग्रवाल(रतेरीया)    
(ङ) संरक्षकबाट : सुशीलकुमार खेमका, सुबोधकुमार अग्रवाल गाडिया(हेमन्त), अनिलकुमार अग्रवाल(धानोठीवाला), शिवकुमार अग्रवाल, सन्तोषकुमार चौधरी, गिरीधारी अग्रवाल(लोहिया), पशुपति टेकडीवाल, रामबिलास अग्रवाल(मित्तल), रमेशकुमार अग्रवाल(केशान), दिनेशकुमार चोखानी, श्यामसुन्दर अग्रवाल(सुल्तानिया), श्यामलाल सरावगी, ओमप्रकाश अग्रवाल (खेमका), राजेन्द्रप्रसाद अग्रवाल(हरलालका), कैलाशचन्द्र अग्रवाल(बथवाल¬)
(च) आजीवनबाट : सन्तोषकुमार अग्रवाल(खेतान), श्रवणकुमार संघई, पंकज जालान, शिवप्रसाद केडिया, शम्भुकुमार कन्दोइ, दामोदरप्रसाद अग्रवाल, महाविरप्रसाद अग्रवाल(जालान)    
(छ) साधारणबाट : गोविन्दलाल अग्रवाल(अमृत भोग), अजय गोयनका, ऋष् िकुमार अग्रवाल
(क) श्री श्याम सत्संग मण्डलबाट : मदनलाल मित्तल, सांवरमल अग्रवाल, महावीर पोद्दार, सञ्जय भूपाल
(ख) श्री राणी सती सेवा संघबाट : अजय जालान, अनिल जालान    
(ग) श्री रामहनुमान सेवा मण्डलबाट : निर्मलकुमार धानुका, अरुणकुमार अग्रवाल(धानोठीवाला)    

विश्वशान्ति तथा सामाज कल्याणको उद्देश्यबाट प्रेरित भई काठमाडौंमा बसोवास गरेका अग्रवाल मारवाडी समाजले २०४७ सालमा यो संस्था दर्ता गराएका थिए । यो संस्थाको १३ औं वार्षितक साधारणसभा पनि हालै सम्पन्न भएको हो । सोही दिन निर्वाचनबाट नयाँ कार्यसमिति चयन गर्न खोजिए पनि समय अपुग रहेको भन्दै भदौ १ गतेका लागि ती कार्यक्रम सारिएको थियो ।