काठमाण्डौ । देशकै पहिलो बैंक,नेपाल बैंक लिमीटेडले एफपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको छ । 

बैंकले १ करोड ७६ लाख ८४ हजार ८ सय  ५८ कित्ता एफपीओ निश्कासनका  लागि  आइतबार सिद्धार्थ क्यापिटललाई निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । 

सेयर निश्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्ध् िसम्झौंतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्ष गरेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत फागुन २५ गते सम्पन्न बैंकको ५८ औं वार्षिक साधारणसभाले बैंकमा रहेको सरकारको सेयर स्वामित्व संरचनालाई घटाई सर्वसाधारणको बढाउने उद्देश्यले एफपीओ बिक्रीको प्रस्ताव पारित  गरेको थियो । हाल बैंकमा  नेपाल सरकारको सेयर स्वामित्व ६२ प्रतिशत रहेको छ । एफपीओपछि उसको स्वामित्व घटेर ५१ प्रतिशतमा सीमित हुनेछ।

बैंकले प्रिमियम मूल्यमा एफपीओ निश्कासन गर्नेछ । मूल्य भने  तोकिसकिएको छैन ।