काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटक प्रयोग भइरहेको भए जानकारी गराउन आग्रह गरेको छ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। टिकटक प्रयोगमा रोक लगाउने निर्णय कार्यालय गर्न सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको भए वा चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणलाई जानकारी गराएको सूचनामार्फत आग्रह गरिएको छ।
प्राधिकरणको ई–मेल ठेगानामा ई–मेल गरी त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन इन्टरनेट सेवाग्राहीलाई प्राधिकरणले आग्रह गरेको छ।
गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको ठहर गर्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।
8 minutes ago
30 minutes ago
1 hour ago
43 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago