काठमाण्डौ । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको नाम सन् २०२३ को सुरुदेखि नै चर्चामा छ।
यो फर्मले गत जनवरी २४ मा अडानी समूहको बारेमा सार्वजनिक गरेको प्रतिवेदनले गौतम अडानीको साम्राज्यलाई हल्लायो। यसको असर अहिले पनि देखिएको छ। जसका कारण विश्वको शीर्ष १० धनीमा परेको अडानीको सम्पत्ति ६० प्रतिशतले डुबेको छ।
अब यो सर्ट सेलर फर्म अर्को ठूलो खुलासा गर्ने तयारीमा छ। हिन्डनबर्गको ट्विटमा लेखिएको छ, ‘अनदर बिग वान...।’
अडानी ग्रुपलाई पर्दाफास गरेपछि अब कुन ठूला कर्पोरेट समूह वा कुन अर्बपति हिन्डनबर्गको निशानामा छन् ? यो कुरा भने खुलाइएको छैन। हिन्डनबर्ग फर्मको आधिकारिक ट्विटर खाताबाट मार्च २३ मा गरिएको ट्विटमा लेखिएको छ, ‘छिट्टै नयाँ र ठूलो रिपोर्ट...।’
विश्वमा बैंकिङ संकट गहिरिँदै गएको र एकपछि अर्को गर्दै बैंकहरु डुब्न थालेको अवस्थामा सर्ट सेलर फर्मको यो ट्विटले चिन्ता पनि बढाएको छ।
बैंकिङ संकटको कुरा गर्दा एकातिर अमेरिकामा सिलिकन भ्याली बैंक ध्वस्त भएको छ भने सिग्नेचर बैंक पनि बन्द भएको छ। यसबाहेक अमेरिकाका आधा दर्जनभन्दा बढी बैंक डुब्ने खतरा रहेको छ। जसलाई ग्लोबल रेटिङ एजेन्सी मुडिजले समीक्षाअन्तर्गत राखेको छ। यसमा फर्स्ट रिपब्लिक बैंकसहित अन्य ठूला नाम पनि समावेश छन्।
अर्कोतर्फ अमेरिकाबाट सुरु भएको बैंकिङ सुनामीले युरोपको सबैभन्दा ठूलो बैंक क्रेडिट सुइसलाई पनि छाडेन। त्यसको अवस्था पनि संकटमा परेको छ।
नाथन एन्डरसनको नेतृत्वमा सर्ट सेलर फर्म हिन्डनबर्गले २०१७ यता संसारभरका १६ वटा कम्पनीमा कथित गल्तीका बारेमा आफ्नो रिपोर्ट जारी गरेको छ। अडानी समूहलाई लक्षित गर्नुअघि सन् २०२२ मा ट्विटर इन्कका बारेमा रिपोर्ट पनि जारी गरेको थियो।
अडानी समूहका बारेमा प्रकाशित आफ्नो प्रतिवेदनमा हिन्देनबर्गले स्टक हेरफेरदेखि ऋणसम्मका गम्भीर प्रश्न उठाएको थियो। अडानी समूहले त्यसलाई अस्वीकार गरे पनि प्रतिवेदनले लगानीकर्ताको भावनामा कस्तो प्रभाव पारेको थियो, त्यो सबैको अगाडि छ। दुई महिनामा गौतम अडानीले आफ्नो ६० प्रतिशत सम्पत्ति गुमाए।
हिन्डनबर्ग प्रतिवेदनले अडानी साम्राज्यमा परेको प्रभावबारे कुरा गर्दा नयाँ वर्ष सुरु हुनुअघि गौतम अडाणी विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा थिए र उनको कुल सम्पत्ति करिब १२० अर्ब डलर थियो। जनवरी २४ मा रिसर्च फर्मले प्रतिवेदन सार्वजनिक गर्यो र त्यसको भोलिपल्ट अर्थात जनवरी २५ बाट अडानीको कम्पनीको सेयरमा यस्तो सुनामी आयो कि २ महिनामै उनी शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिए। शीर्ष २० र शीर्ष २० बाट बाहिरिँदै फेब्रुअरीको अन्त्यसम्म उनी धनाढ्यको सूचीमा ३४ औँ स्थानमा झरेका थिए। तर, अहिले अडानीको सेयरमा केही सुधार देखिएको छ र ५३ अर्ब डलरको कुल सम्पत्तिका साथ अडानी हाल धनाढ्यको सूचीमा २१ औँ नम्बरमा पुगेका छन्। –एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago