काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ९.४१ प्रतिशतले बढी हो । गत वर्ष १ करोड ५१ लाख रुपैयाँ खुद नाफा भएको थियो ।

दोस्रो त्रैमासमा संस्थाले २ करोड ३९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष १ करोड ४० लाख रुपैयाँमात्र सञ्चालन मुनाफा भएको थियो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत ४ करोड ३७ लाख रुपैयाँ कमाएको छ । गत वर्ष खुद ब्याज आम्दानी २ करोड ६७ लाख रुपैयाँमात्र थियो । यसले संस्थाको व्यवसाय आक्रामक देखाउँछ ।

यस अवधिमा संस्थाले २८ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १७ करोड ३९ लाख निक्षेप संकलन गरी ६६ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार ३ करोड ३० लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष यही अवधिमा २० लाख रुपैयाँमात्र थियो ।

दोस्रो त्रैमासमा संस्थाको चुक्तापुँजी १० करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ७ करोड रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३२.१० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.५० प्रतिशत रहेको छ ।