काठमाण्डौ। साउन १ गतेदेखि लागू हुने अधिकांश वाणिज्य बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई कर्जा तथा निक्षेपको ब्याजदर परिवर्तन गर्दा दर लागू हुने महिनाको अघिल्लो महिना मसान्तमै सार्वजनिक गर्न निर्देशन दिएको छ। सोहीअनुसार अधिकांश वाणिज्य बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका हुन्। नयाँ ब्याजदर सार्वजनिक गर्ने अधिकांश वाणिज्य बैंकहरुले आधार दर घटाउँदा कर्जाको ब्याजदर घटेको देखिएको छ। 

यसअघि कायम बेसरेट नै घटाएर कर्जाको नयाँ ब्याजदर सार्वजनिक गर्नेमा नबिल, सिद्धार्थ, कुमारी, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, सिभिल बैंकलगायत छन्। यी बैंकहरुले आधार दर ०.०८ प्रतिशतदेखि १.०४ प्रतिशतसम्म घटाएका छन्। 

बढी बैंक अफ काठमाण्डूले आधार दर सर्वाधिक १.०४ प्रतिशतले घटाएको छ। 

प्रभु, राष्ट्रिय वाणिज्य, स्ट्यान्डर्ड चार्टर्ड, गरेका हिमालयन, नेपाल बंगलादेश, एनएमबी बैंक कृषि विकास, एनसीसी र नेपाल बैंकले अघिल्लै आधार दरमा प्रिमियम थपघट गर्दै कर्जाको ब्याजदर निर्धारण गरेका छन्।