काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ९ करोड ४९ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा ६५.३२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २७ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ६५.०५ प्रतिशतले घटेर १३ करोड ५७ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ३९ करोड १० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ३२.६५ प्रतिशतले घटेर १५ करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २२ करोड ७९ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीले तेस्रो त्रैमाससम्म ७ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा कम्पनीले ८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिसम्म कम्पनीको रिटेन अर्निङ ८ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिटेन अर्निङ ६ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.४५ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ३.७४ प्रतिशत थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १४.५८ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ४२.०५ रुपैयाँ रहेको थियो।
पीई रेसियो ३४.२९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८५.९० र तरलता अनुपात ३२.५३ प्रतिशत रहेको छ।
12 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago