काठमाण्डौ । अध्यागमन विभागको सेवा प्रवाह गर्ने नयाँ समय तालिका सार्वजनिक गरेको छ। 

कोरोना महामारीबीच विभागले आज सूचना जारी गर्दै सेवा प्रवाह गर्ने नयाँ समय तालिका सार्वजनिक गरेको हो। नयाँ समय तालिकाअनुसार अब विभागले आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्ममात्र सेवा प्रवाह गर्ने छ। शुक्रबार भने बिहान १० बजेबाट २ बजेसम्ममात्र कार्यालय खुल्ने सूचनामा उल्लेख छ। 

सरकारले कोरोना महामारी नियन्त्रण गर्न उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ। तर निषेधाज्ञामा पनि विभागको सेवा भने निरन्तर जारी रहने सूचनामा उल्लेख छ।