काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक फेसबुक पेज नरहेको स्पष्ट पारेको छ।
केन्द्रीय बैंक आज एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना, जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको स्पष्ट पारेको हो। अधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ।
यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट गर्ने गराउनेलाई साइबर अपराधसम्बन्धी कानुनबमोजिम कारबाही हुने पनि सूचनामा चेतावनी दिइएको छ। बैंकको नाममा खोलिएको अनधिकृत फेसबुक पेजहरुमा आफ्नै कुनै पनि सूचना प्रबिष्ट नगर्न पनि राष्ट्र बैंकले फेसबुक प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ।
यस्तै त्यस्ता भ्रामक फेसबुक पोस्टमा विश्वास नगर्न पनि राष्ट्र बैंकले सर्वसाधारण अनुरोध गरेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago