काठमाण्डौ । अहिले व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत प्यान) अनिवार्यजस्तै भइसकेको छ।
व्यक्तिगत प्यान बैंकमा खाता खोल्दा, कुनै ठाउँमा जागिर खाँदा, कारोबार तथा व्यवसाय गर्दा आवश्यक पर्न थालेको छ। व्यक्तिगत प्यान लिन अहिले अनलाइनबाटै लिन सकिन्छ।
अनलाइनबाटै व्यक्तिगत प्यान लिन सुरुमा आन्तरिक राजस्व विभागको वेबसाइट खोल्नुपर्छ। त्यसपछि रजिस्ट्रेसनमा (प्यान, भ्याट)भित्र रहेको एप्लिकेसन फर रजिस्ट्रेसनमा क्लिक गर्नुपर्छ।
अनि युजर नेम, पासवर्डलगायतका विविरण भरी पर्सनल प्यानमा चिनो लगाउनुपर्छ। कुन कार्यालयबाट व्यक्तिगत प्यान लिने हो, सो कार्यालय छानी ‘ओके’मा क्लिक गर्नुपर्छ।
अब कन्टिन्युमा क्लिक गरेपछि सम्पूर्ण विवरण भर्नुपर्छ। त्यसपछि सब्मिट गरेपछि मोबाइल र ई–मेलमा ओटीपी आउनेछ। अनि ओटीपी भर्ने र भेरिफाई भएपछि मोबाइल वा ई–मेलमा प्यान आउनेछ।
कार्यालयबाट भेरिफाई भएपछि विवरण भर्दाको लगइनबाट प्रिन्ट गर्ने व्यवस्थासमेत गरिएको छ।
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago