काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन प्रणालीमार्फत कारोबार गर्नका लागि युजर नेम र पासवर्ड लिनेको संख्या ३ लाख २७ हजार पुगेको छ । 

नेप्सेले आज जारी गरेको एक प्रेस विज्ञप्तिमा हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि ३ लाख २७ हजारभन्दा बढी लगानीकर्ताले युजर नेम र पासवर्ड लिएका जनाएको हो । 

आइतबार नेप्से सूचक र कारोबार रकमले सर्वाधिक उचाई चुमेको दिन आजको कारोबारमा ५० हजार ९ सय २३ लगानीकर्ता सहभागी रहेका र  यो दिन भएको कुल कारोबारमध्ये ८०.२६ प्रतिशत कारोबार अनलाइनमार्फत नै भएको नेप्सेको दाबी छ ।