-धनकुमार राई

प्राविधिक पिभोट र डिमार्कसको गणितअनुसार आउने साता बजारले धेरै तल आएमा ११९१ देखि कम्तीमा पनि १२२५ बिन्दुभित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।

यहाँ गत साताको कुल कारोबार रकम रु. ८२५२४३७७८ र ट्रेण्डसंगै रहेको प्राइस एक्सन १२१७ देखि १२०५ सम्म (—१२.४६) अंकले घट्दा थोरै लगानीकर्ताहरुले मात्र जोखिम लिन तयार छन् भन्ने सजिलै बुझ्न सकिन्छ । र, बजारमा प्रभावित सानो भोल्यूमको अर्थ नेपाली स्टक बजारमा थोरै मात्र लगानीकर्ताहरु जोखिम लिन तयार देखिएकोले यस्तो अन्यौलको अवस्थामा ‘पर्ख र हेर’को रणणितीमा नै भरोसा गर्न उपयुक्त हुने निश्कर्ष निकाल्न सकिन्छ । 

कारोबारी गणितको अभ्यासमा प्राइस एक्सनले लगानीकर्ताहरुको भावनालाई प्रतिबिम्बित गरिरहेको हुन्छ भने प्राइस एक्सन पुष्टि हुनका लागि स्टक मूल्य र सूचकांकको प्रतिक्रियात्मक क्रियाकलापलाई भोल्यूमको साथले पुष्टि हुनैपर्ने हुन्छ । प्राविधिक विश्लेषणले पनि भोल्यूम र प्राइस एक्सन सँगसँगै जानुपर्दछ र मात्र ट्रेण्ड बैध हुने हुन्छ भन्ने मान्यतामा अभ्यास भएको पाइन्छ । यसरी चलिरहेको ट्रेण्डसँग लगानीकर्ताहरुको प्रवृतिले ले नै ट्रेण्ड सुनिश्चित हुने भएकोले हालको कमजोर प्राइस एक्सनलाई भोल्यूम(कारोबार रकम)ले मेल नखाने भएकोले बजारको ट्रेण्ड डाउन छ भनेर भन्न नमिल्ने हुन्छ । यसको अर्थ यहाँ मूलधारका व्यवसायिक लगानीकर्ताहरुको अनुपस्थितिमा कारोबारमा या तरलतामा आएको कमी मान्न सकिन्छ भने यसले कारोबारमा अनिश्चितताका साथै अवसरको पनि संकेत भने गर्दछ नै ।

 

यस्तो अवस्थामा थोरै स्टकहरुको सानो कारोबार हँुदा स्टकको मूल्यमा ठूलो परिवर्तन नगर्ने भए पनि लगानीकर्ताहरुले तरलताको कमीको कारण अधिकतम लाभका लागि स्टक किनबेच गर्न भने सोचेअनुसारको समयमा सम्भव हुँदैन । यसरी यहाँ व्यवसायिक लगानीकर्ताहरुको कारोबारी दृश्य भन्दा बाहिर रहनुले पर्ख र हेरको अवस्थाबाट अगाडि बढ्न केही समय लाग्ने भएकोले यो साताभरि ‘पर्ख र हेर’को रणनिति नै उत्तम रहने भए पनि नयाँ अवधारणाको प्रयोगले बजारलाई फाइदा पुर्याउने निश्चित नै देखिन्छ । 

 

सूचकांकको प्राविधिक गणितले प्राप्त कारोबारको संकेत चित्रले लामो अवधिको प्राविधिक ट्रेण्डभित्र नै रहेकोले हामीले लामो अवधिसम्मका कारोबारीहरुलाई बजारको कमजोरीमा खरिद गर्न सुझाइरहेकै छौ भने छोटो समयका कारोबारीहरुलाई भने गत साताको बजारमा देखिएको प्राइस एक्सनलार्ई अझै कारोबार रकमले साथ नदिएकोले नयाँ प्राविधिक संकेतको विकास नभएसम्म हाम्रो ‘पर्ख र हेर’को रणनीति उपयुक्त रहेको निश्कर्ष निकाल्न गलत नहुने हुन्छ ।

 

अनलाईन सेयर कारोबारको बारेमा 
इलेक्ट्रोनिक कारोबार प्रणालीले कारोबार(लेनदेन गर्न) सजिलो हुने, कारोबार निगरानी सजिलै गर्न सकिने, राफसाफ गर्न सजिलो हुने, यिनै कारणहरुले गर्दा बजारको विकासमा प्रेरणा थपिदिएको दखिन्छ । सेयर बजारमा सही समयमा कारोबार गर्न पाउनु नै महत्वपूर्ण अवसर हुन्छ । त्यसैले लगानीकर्ताहरुका लागि समय एक महत्वपूर्ण पक्ष रहेको छ भने चाहे तपाई नाफा कमाउनुस् या घाटा गर्नुस यो सबै समयमै गर्न पाउनुमा नै निर्भर गर्दछ । यसरी ब्र्रोकरलाई फोन गरेर सल्लाह गरेर कारोबार गर्ने पुरानो तरिका भन्दा आफैंले निर्णय आफ्नै ठाउँबाट गर्नु पाउनु भनेको नै अनलाईन सेयर कारोबारीहरुलाई आफ्ना्े कारोबारलाई कमाइमा परिवर्तन गर्नसक्ने प्रभावकारी माध्यम हुनेमा दुईमतै छैन । 

यहाँ आएर भारतदेखि लिएर बंगलादेश, पाकिस्तान, श्रीलंकासम्मका बजारहरु पहिले नै इलेक्ट्र«ोनिक कारोबारमा गइसकेको देखिन्छ । समय परिवर्तनशील छ र सोअनुसार नै हाम्रो व्यवहार पनि परिवर्तन हँुदै जान्छ भने कारोबारी तरिका पनि परिवर्तन हुन जरुरी थियो । सोहीअनुसार नै नेपालमा पनि ढिलै भए पनि आज प्रत्येक कारोबारीको हात हातबाट कारोबार गर्न पाउन सकिने भएकोले बजारमा तरलताको कमी नहुने, ब्रोकरकै टर्मिनलमा गएर अर्डर लेखाउने र कार्यान्वयन गर्नु नपर्ने र आफैंले गर्न सकिने भएकोले अधिक प्रतिस्पर्धाका कारण बजारमा कारोबारीहरुको अधिक सहभागिता हुने र पारदर्शिताका कारण निर्णय गर्न सजिलो हुने जस्ता कारणहरुले अनलाइन कारोबारले आउने दिन नेपाली बजारको अधोगति भनिएको अवस्थाबाट उभोगति निश्चित नै रहेको स्पष्ट देखिन्छ।

यसरी अनलाइन स्टक कारोबारको मूल फाइदा कारोबार समयभित्र जब चाहानुहुन्छ, तब सेयर किनबेच गर्नसक्नु नै हो । यसरी तपाइले जति संख्याको सेयर कारोबार गर्न चाहानुहुन्छ र रोजाइअनुसारकै कारोबार तुरुन्त गर्न सक्नुहुन्छ त्यो नै अनलाईन कारोबार प्रणालीको विशेषता हो । यो अनलाईन प्रणाली लगानीको क्षेत्रमा आफ्नो आर्थिक भविष्यको नियन्त्रण आफैं लिने प्रमाणित व्यवहारिक तरिका पनि भएकोले कम्प्यूटर र इन्टरनेटले यो अनलाईन कारोबार प्रणालीलाई प्रेरित गर्दै आज नेपाली बजारमा पनि आइपुगेकोले यो लगानीकर्ताहरुका लागि अवसर सिद्ध हुने नै छ र यसलाई नेपाली सेयर बजारलाई अर्को व्यवसायिक स्तरमा फड्को मार्ने अवसर र ढोका खोलिएको मान्न सकिन्छ । त्यसैले त अब अनलाईनको माध्यमबाट नेपालको सेयर कारोबार संसारको कुनै पनि कुनाबाट सेकेन्डभित्रै कारोबार सम्भव हुने भएको छ । 

यहाँ अर्को फाइदा लगानीकर्ताले पूर्ण स्वतन्त्रतासहित कारोबार सुनिश्चित गर्नसक्ने भएकोले नै जुन स्टक चाहियो, कारोबारीले आफ्नै निर्णय अनुसार कारोबार गर्न सक्दछन् । अब अनलाइन कारोबार प्रणालीले फास्ट रिटर्न, र्यापिड गेन अर्थात खरिद बिक्रीलाई धेरै समय पर्खनुपर्ने बाध्यताको अन्त्य भएको छ भने सेकेन्डभित्रै माउस क्लिक गरेर खरिदबिक्री(लेनदेख) सम्भव भएको छ । यससँग्ै फाइदा भनेको दैनिक लाभ बुक गर्नेदेखि लिएर साप्ताहिक लाभसम्म सबै कुरा आफ्नै स्थानबाट आफ्नै निर्णयमा सम्भव हुने भएकोले यसले नेपाली सेयर बजारलाई नयाँ उचाइ दिने निश्चित नै छ ।  

धितोपत्र बजारको इतिहासलाई हेर्दाः
धितोपत्र बजारको इतिहासलाई हेर्ने हो भने २०० वर्ष भन्दा पहिले १७९१ मा अमेरिकाबाट धितोपत्र कारोबार चलेको देखिन्छ । Out cry या कारोबार पिटबाट सुरु भएको बजार १७९२ मा न्यूयोर्कका ब्रोकरहरुले आफ्ना कारोबारीहरुसंग कमिसन लिएर काम गरेको देखिन्छ । १८१७ बाट व्यवस्थित बजारको अवधारणालाई आत्मसाथ गरेर न्यूयोर्क स्टक र एक्सचेन्ज बोर्ड गठन गर्दै कारोबारको विकास भएको देखिन्छ भने १८६३ मा आएर अन्य कारोबारी संस्थाहरुसंग मिलेर न्यूयोक स्टक एक्सचेन्ज बनेको इतिहास देखिन्छ । आजका तलका प्रमूख बजारहरु New York Stock Exchange (NYSE - the Big Board), American Stock Exchange (Amex- now part of the NASDAQ), Pacific Stock Exchange (PSE), Philadelphia Stock Exchange (PHLX), Chicago Board of Trade (CBOT), and the National Association of Securities Dealers Automated Quotation system (NASDAQ). The major foreign exchanges (and their respective Indexes) are located in Germany (DAX), France (CAC), Hong Kong (Hang Seng), Japan (Nikkei), and London (FTSE), Bombay Stock Exchange (BSE-India), National Stock Exchange (NSE-India) १९३० पछि विनियमित भएको लेखावटमा पाइन्छ भने यी एक्सचेञ्जहरुको आफ्नै आफ्नै विकासक्रमका इतिहास रहे पनि सबैले हाल आएर अनलाइन कारोबार प्रणालीबाट नै चलाइरहेको पाइन्छ । स्मरण रहोस अमेरिकाको नासड्याक सन १९७१ बाट इलेक्ट्रोनिक स्टक मार्केट संचालन गर्ने विश्वकै पहिलो स्टक मार्केट हो ।