पिम्पल प्राय किशोर किशोरीको साझा समस्या हो । किशोर अवस्थामा हर्मनमा हुने परिवर्तनसँगै प्रायको अनुहारमा पिम्पल आउँछ । कहिलेकाहिँशरिरमा विशेष गरी पिठ्युमा पनि पिम्पल आउँछ । तर, कहिलेकाहिँ अन्य उमेरका मानिसलाई पनि पिम्पल आउने गर्छ । कतिपय अवस्थामा शरिरको स्याहार गर्दा गर्दै पनि पिम्पल देखिन्छ । 

पिम्पलबाट जोगिने केही उपाय
दिनमा दुई तीन पटक राम्रोसँग अनुहार धुनुपर्छ । अनुहार धुँदा छाला सफा हुनुका साथै कोषमा ऊर्जा दिन्छ । नियमित छाला सफा गर्दा अनुहारमा भएका धुलोका कण हटाइदिन्छ । तर, अनुहार धुने नाउमा बारम्बार धुनु पनि हुँदैन । किनकी यसले अनुहार फुस्रो हुन सक्छ ।
 
नियमित फेसवास लगाएर मुख धुने । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवास लगाउदा पिम्पलका समस्या हट्छ ।
 
जतिखेर पनि शरिरलाई हाइड्रेड राख्ने । नियमित पाउनी पिउँदा छालाको तन्तुहरु सफा हुन्छ ।
 
कहिल्यै पनि पिम्पलाई हातले छुनु  हँुदैन । अत्यधिक समस्या देखिएमा छालाविज्ञलाई देखाउनु पर्छ ।
 
पिम्पललाई कहिल्यै पनि ननिर्चोने । निचोर्दा गालामा दाग बस्छ ।
 
यदि नियमित रुपमा सेभिङ गर्नुहुन्छ भने राम्रो रेजर प्रयोग गर्ने । सेभिङ क्रिम लगाउनुअगाडि राम्रोसँग तातो पानीले अनुहार पखाल्ने ।

सकभर बढी चिल्लो, पिरो र अमिलो नखाने ।
 

अन्य उपाय
कागतीलाई काटेर आधा बनाउनुहोस् । कागतीलाई हल्का पिम्पल वरपर दल्नुहोस् । कागतीमा साइट्रिक एसिड हुन्छ जसले व्याक्टेरियालाई मारिदिन्छ । तर, निकै चहरायो भने धेरै नदल्नुहोस् ।
 
कच्चा आलुः आलुलाई स्लाईस पार्नुहोस् र पिम्पलहरुमा बिस्तारै दल्नुहोस् । आलुमा हुने जलनबिरोधी तत्वले अनुहारको घाउलाई आनन्द प्रदान गर्छ । आलुको टुक्रा झन्डै ५ देखि १० मिनेट राख्नुहोस् ।
 
चियाको तेलः चियाको तेलमा पनि व्याक्टेरिया बिरोधी तत्व हुन्छ । यसले पिम्पललाई शान्त बनाउनुछ । यसको कुनै साईड इफेक्ट पनि हँुदैन ।

एस्पिरिनः एस्पिरिनका दुई ओटा ट्याबलेटलाई पिसेर पानीमा मिसाउनुहोस  अनुहरमा बिस्तारै दल्नुहोस् । एस्पिरिनमा हुने सालिसाइक्लिक एसिडले गालाको व्याक्टेरियालाई मार्छ । यसले छालालाई पनि सुख्खा पार्छ ।
 

स्याउको भिनेगरः स्याउको भेनेगरले पनि छालाका मृत कोषलाई नष्ट गरि छाला सफा बनाउँछ । भिनेगर लगाएर १० मिनेटपछि चिसो पानीले धुनुहोस् ।

टुथपेस्टः अनुहारमा टुथपेष्ट ? अचम्म लाग्छ होल । टुथपेस्टमा सिलिका हुन्छ । पिम्पलमा हल्का टुथपेस्ट दल्नुहोस् ।
(दी टाइम्स अफ इन्डियाको सहयोगमा)