काठमाण्डौ । नेपाल राष्ट्र बैंकविरुद्धको मुद्दा हारेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले अन्ततः आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।
संस्था सञ्चालक समितिको शुक्रबार (भदौ २९ गते) बसेको बैठकले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा डाकेको हो। सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा दिउँसो १ः३० बजेबाट सुरु हुनेछ।
सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित कायम कायम चुक्तापुँजी २५ करोड ५० लाख रुपैयाँको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति जान उपयुक्त देखिएको सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले संस्थाको चुक्तापुँजीमा संशोधन वा अन्य संशोधन गर्नुपर्ने भएमा छलफल गरी संशोधन गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
यसअघि गत वर्ष चैत १० गते संस्थाले बोनस सेयर, नगद तथा करसमेत गरी कुल ७३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। तर, राष्ट्र बैंकले गत वैशाख ४ गते नेष्डो समृद्ध लघुवित्तको प्रस्तावित लाभांश घटाएर १७.९३४२ प्रतिशतमात्रै लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको थियो।
त्यसपछि नेष्डो समृद्ध लघुवित्त राष्ट्र बैंकले लाभांश कटौती गरेको भन्दै सर्वोच्च अदालतसम्म पुगेको थियो। तर, सर्वोच्च अदालतले गत जेठ २४ गते लाभांशसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। योसँगै नेष्डो समृद्ध लघुवित्तले राष्ट्र बैंकविरुद्धको मुद्दा हारेको थियो।
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago