काठमाण्डौ । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ।
सम्झौतापत्रमा अन्नपूर्ण केबलकार प्रालिका तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकका तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका छन्।
अन्नपूर्ण केबलकार पोखराको पहिलो केबलकार सुविधा हो। जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउँदै आइरहेको छ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबलकारबाट टिकट काट्दा बिलमा १०% सम्म छुट पाउनेछन्। उक्त केबलकार सुविधा पोखराको सेदीबगरदेखि सारङकोटसम्म रहेको छ।
बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी केबलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।
2 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago