काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।
कम्पनीले गत वैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको छ। यो आईपीओको निष्कासन बन्द छिटोमा आज (जेठ ५ गते) भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब आईपीओको निष्कासन बन्द जेठ २० गते बैंकिङ समयपछि हुने धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलले जनाएको छ।
कम्पनीले स्थानीयका लागि १०० अंकित दरका कुल १३ लाख ५० हजार कित्ता सेयर जारी गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ, गोराखानी, टाप्टिङ र तिङ्ला गाविसका स्थानीयलाई आईपीओ जारी गरेको छ।
यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ।
7 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago