काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आफ्नो चौधौँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा भदौ ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीको पुँजीवृद्धिका लागि प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। प्रबन्धपत्रमा प्रस्तावित संशोधनहरुमा नियमन नियकाहरुको निर्देशनमा परिजमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले सर्वसाधारण समूहबाट एक महिलासहित ४ जना सञ्चालकको निर्वाचन, मनोनयन वा नियुक्ति गर्नेछ। 

सभाल आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।