काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार भोलि बिहीबारबाट आउने भएको छ। 

अपर हेवाखोलाको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनी आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। 

नेप्सेमा यो कम्पनीको ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा स्थानीयको ५ लाख कित्ता, सर्वसाधारणको १५ लाख कित्ता र संस्थापक समूहको ३० लाख कित्ता सेयर छन्। 

नेप्सेले अपर हेवाखोलालाई ‘यूएचईडब्ल्यूए’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँसम्म तोकेको छ। 

यदि भोलि यो कम्पनीको सेयर स्पेसल प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ। 

यो कम्पनीले गत असार २४ गते असार २९ गतेसम्म आईपीओ बिक्री गरेको थियो।