काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको शुक्रबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले सतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ।
कम्पनीले दुई जलविद्युत आयोजनामा लगानी गर्न चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो। हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको सहायक आयोजना रोल्वालिङ खोला जलविद्युत र तामाकोशी–५ जलविद्युत आयोजनाको निर्माणमा हकप्रदबाट उठेको रकम लगानी हुने सभामा जानकारी गराइएको छ।
रोल्वालिङ तामाकोशीले जलविद्युत आयोजनालाई ’मेक अप गर्ने’ प्रोजेक्ट हो। पूर्वतयारीको काम सकेर आगामी वर्षबाट मुख्य संरचनाको निर्माणकार्य सुरु हुने यो आयोजनाका लागि करिब साढे ६ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ। जसका लागि करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माण सुरु गरेको करिब साढे ८ वर्षमा विद्युत उत्पादन सुरु गर्ने योजना कम्पनीको छ।
रोल्वालिङ क्यास्केडको सहायतामा तामाकोशीले ड्राई सिजन (सुक्खायाम) मा पनि ६ घण्टा ४५६ मेगावाट पिकिङ इनर्जी दिन सक्नेछ। आयोजनाले अहिले ड्राई सिजनमा ४ घण्टामात्रै ४५६ मेगावाट दिन्छ।
तामाकोशी–५ जलविद्युत आयोजना अपर तामाकोशीकै पूर्वाधार प्रयोग गरेर निर्माण हुनेछ। हाल यो आयोजनाको साइट क्याम्प, अफिस निर्माणलगायतका कामहरु सुरु भएको छ। यो आयोजनाका लागि १६ अर्ब ३३ करोड रुपैयाँ लाग्नेछ। लागतको ७० प्रतिशत अर्थात ११ अर्ब ३३ करोड रुपैयाँ कर्मचारी सञ्चय कोषले ऋण लगानीका लागि सहमति भइसकेको छ। दोलखाको सुरी दोभानमा पावर हाउस रहने यो ९९. ८ मेगावाटको क्यासकेड आयोजना हो।
21 minutes ago
31 minutes ago
50 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago