काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ। 

अपर तामाकोशीले गत फागुन १८ गते सेबोनमा निवेदन दिँदै हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो। 

सेबोनले अनुमति दिएमा अपर तामाकोशीले १ः१ अनुपातमा अर्थात चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ। 

कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँबराबरको हकप्रद जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री गर्नेछ। 

अपर तामाकोशीको हकप्रद बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।