काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले १४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १४ करोड ३२ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ०.११ प्रतिशतले घटेको छ।
दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ३१ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३०.०५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २४ करोड १९ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट २९ लाख ७२ हजार रुपैयाँ आम्दानी भएको छ।
चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार २१.८० प्रतिशतले घटेर २३ करोड २३ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २९ करोड ७० लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि १४.८४ रुपैयाँबाट घटेर १०.३७ रुपैयाँमा झरेको छ। पीई रेसियो ५०.७२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.४२ रुपैयाँ रहेको छ।
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago