काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ११.४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १२ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

कम्पनीले समीक्षा अवधिमा विद्युत् बिक्रीबाट ५१ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनी ३६ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले विद्युत बिक्रीको आम्दानी ४१.३५ प्रतिशतले बढाउन सफल भएको छ। 

चुक्तापुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार बढेर २९ करोड ६६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष जगेडामा २७ करोड ९ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३.६७ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ५.०९ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १०७.७२ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ६६.६६ गुणा रहेको छ।