काठमाण्डौ । हकप्रद सेयर निष्कासनको अनुमति माग्दै अपी पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ। 

अपी पावरले सेबोनमा चैत ६ गते निवेदन दिँदै हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो। 

अपी पावरले चुक्तापुँजीको ४० प्रतिशत अर्थात १ः०.४० अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ। 

सेबोनले अनुमति दिएमा अपी पावरले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

अपी पावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिल रहेको छ। 

विद्युत नियमन आयोगले अपी पावरलाई गत फागुन २६ गते नै हकप्रद सेयर निष्कासन गर्न सहमति दिएको थियो। 

कम्पनीले नौगडगाढ जलविद्युत आयोजना (८.५ मे.वा)को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना (८ मे.वा.) को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मे.वा.) को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना (१ मे.वा.) ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना (१ मे.वा.) को ४ करोड २८ लाख रुपैयाँ ऋणमोचन गर्न हकप्रद जारी गर्न लागिएको जनाएको छ।