काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २४५.७९ प्रतिशत बढाउन सफल भएको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १४ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ४ करोड १४ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर  २४ करोड १९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १३ करोड ५० लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि ह्वात्तै बढेको छ। गत वर्ष यस्तो आम्दानी १४ लाख ५ हजार रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ६ करोड १७ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

कम्पनीले रिजर्भको आकार १५६.८९ प्रतिशतले बढाएर २९ करोड ७९ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिमा रिजर्भको आकार ११ करोड ५६ लाख रुपैयाँको मात्र थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६.९६ रुपैयाँबाट बढेर १४.८४ रुपैयाँ पुगेको छ। पीई रेसियो १७.८५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.३९ रुपैयाँ रहेको छ। 

कम्पनीको चुक्तापुँजी १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ।