काठमाण्डौ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ।
कुल कित्तामध्ये सामूहिक लगानी कोष ९७ हजार ८७५ कित्ता (५ प्रतिशत) र ३९ हजार १५० कित्ता (२ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासन बन्द छिटोमा असार २३ गते र ढिलोमा साउन २ गते बैंकिङ समयपछि हुनेछ।
अप्पर सोलु हाइड्राको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
16 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago