काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले ३५ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

कम्पनीको सञ्चालन मुनाफा १ अर्ब ९० करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई ३ करोड ५१ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो। 

तेस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्री ५ अर्ब १६ करोड रुपैयाँ आम्दानी भएको छ। दोस्रो त्रैमासमा यस्तो आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ७१ करोड रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ८२ करोड ५६ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.५९ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ७४.३७ रुपैयाँ रहेको छ। 

राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको यो आयोजनाको निर्माणकार्य सम्पन्न भई गत वर्ष भदौ २५ गतेबाट प्रर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको छ। यो त्रैमासमा पहिलो र दोस्रो त्रैमासको तुलनामा नदीमा पानीको मात्रा कम हुने हुँदा विद्युत बिक्री आय पनि कम भएको र आयोजनाले नेपाल विद्युत प्राधिकरणलाई आप्रर्ति गर्नुपर्ने इनर्जी डिसप्याच नभएको एवं विद्युत खरिद बिक्री सम्झौताअनुसार उत्पादन सुरु नभएको भनी विद्युत बिक्री आयबाट ८३ करोड ७९ लाख ९४ हजार ४९२ रुपैयाँ घटाइएको र बढेको ब्याजखर्च तथा ह्रासकट्टी खर्चका कारण घाटा बढ्न गएको कम्पनीले जनाएको छ।