काठमाण्डौ । अमेरिकी डलरको विनियम दर अप्रिलको पहिलो साता निकै उतारचढाव देखिएको छ।

नेपाल राष्ट्रबैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ हिजोको तुलनामा ९३ पैसाले घटेको छ। यो गिरावटसँगै बुधबार प्रतिडलर खरिददर १२०.७१ रुपैयाँ र बिक्रीदर १२१.३१ रुपैयाँ कायम भएको छ। 
 

हिजो मंगलबार डलरको भाउ स्थिर रहँदै प्रतिडलर खरिददर १२१.६८ रुपैयाँ र बिक्रीदर १२२.२८ रुपैयाँ कायम भएको थियो। अघिल्लो दिन सोमबार पनि डलरको भाउ प्रतिडलर खरिददर १२१.६८ रुपैयाँ र बिक्रीदर १२२.२८ रुपैयाँ कायम भएको थियो। सोमबार डलरको भाउ १० पैसाले बढेको थियो।
 

गत आइतबार भने डलरको भाउ अघिल्लो दिनको तुलनामा स्थिर रहँदै प्रतिडलर खरिददर १२१.५८ रुपैयाँ र बिक्रीदर १२१.१८ रुपैयाँ थियो। गत शनिबार प्रतिडलर खरिददर १२१.५८ रुपैयाँ र बिक्रीदर १२१.१८ रुपैयाँ नै थियो। यो दिन डलरको भाउ गत साता शुक्रबारको तुलनामा ४० पैसाले बढेको थियो।
 

गत साता शुक्रबार भने डलरको भाउ स्थिर रहँदै प्रतिडलर खरिददर १२०.६० रुपैयाँ र बिक्रीदर १२१.२० रुपैयाँ रहेको थियो। गत साता बिहीबार प्रतिडलर प्रतिडलर खरिददर १२०.६० रुपैयाँ र बिक्रीदर १२१.२० रुपैयाँ रहेको थियो। यो दिन डलरको भाउ १६ पैसाले घटेको थियो।
 

अप्रिल १ अर्थात गत साता बुधबार दिन प्रतिडलर खरिददर १२०.७६ रुपैयाँ र बिक्रीदर १२१.३६ रुपैयाँ रहेको थियो। 
 

समग्रमा अप्रिलको पहिलो साता डलरको ५ पैसाले घटेको छ।