काठमाण्डौ । होली पर्वलाई लक्ष्य गर्दै टुबोर्ग बियरले हालै सीमित अवधिका लागि टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ । 

यस सीमित अवधिको विशेष क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाईनले होलीको रमाईलो झल्काउँछ । 

रङहरुको चाँडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरुको समिश्रणले टुबोर्गको हरियो रङमा चमक थपेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर, वैभव शर्मा भन्छन्, “टुबोर्गलाई आफ्नो अभिनव प्रस्तुतीका लागि चिनिन्छ र नयाँ होलीको क्यान यसकै एक उदाहरण हो । यस नयाँ सीमित अवधिको क्यानले टुबोगको होली पर्वसँगको रमाईलो सम्बन्ध झल्काउँछ । ग्राहकहरुले हाम्रो होली लिमीटेड एडिसन क्यानहरु मन पराउनेहुनेछ भनी हामी विश्वस्त छौ र हाम्रो सीमित अवधिका क्यानहरुमा नयाँ क्यान थप्न पाउँदा गर्व छौं ।”

टुबोर्गको होलीको कार्यक्रमहरु देशभरिका शहरहरुमा मनाइँदैछ–काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, किर्तिपुर, भैरहवा, बिराटनगर, बिर्तामोड, बुटवल, दाङ, धनगढी, धुलिखेल, नेपालगञ्ज, पोखरा, नारायणघाट, धरान, इटहरी, हेटौडा तथा अरु शहरहरुमा ।

टुबोर्गले सामाजिक सञ्जालहरुमा दुईवटा प्रतियोगिता आयोजना गरेको छ । फेसबुकमा गरिएको प्रोफाईल पिक्चर फ्रेम कन्टेस्ट एक होजसमा, प्रतियोगीहरुलाई देशभरका कार्यक्रमहरुको निःशुल्क टिकट प्रदान गरिन्छ । 

होलीको वातावरणलाई अझै जिवन्त बनाउन प्रोफाईल पिक्चर फ्रेम तयार गरिएको छ । सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको अर्को प्रतियोगिता भने, “गोल्डेन टिकट”जित्नका लागि हो । यस कन्टेस्टको विजेताले पनि आफ्नो ईच्छाअनुसारको देशभरका कार्यक्रमहरुको टिकटको साथै निःशुल्क बियर कुपनहरु प्राप्त गर्नेछ ।

कार्यक्रमहरुको जानकारीका लागि फेसबुक र ईन्स्टाग्राममा टुबोर्ग नेपालको आधिकारिक पेज हेर्नुहोस् ।

https://www.facebook.com/tuborgnepal/videos/332002737429627/?eid=ARBYTZgH2chOSXGa5N3imD-lFhCL8hN54_ENnPSB6ZnBraY_EnJyCA9KGgKVQzSsNdBoIL0Ip_E_788u