काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित ‘आइएमई पे’ र मोरङको विराटचोकस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिबीच सम्झौता भएको छ। 

सम्झौताअनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन्। 

सम्झौतापत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरेका छन्। यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ।