काठमाण्डौ। अब कोरोनाभाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ।

सरकारले अशक्त सर्वसाधारण र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीबाहेक अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय गरेको छ। यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू भएको मन्त्रालयले जनाएको छ। 

सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार उनीहरुले कोरोना बीमा गरेको भए परीक्षण र उपचार खर्च बीमा रकमबाट कट्टा गरिनेछ।