काठमाण्डौ । एनएमबि बैंकले नेपालको डिजिटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सिर्जना गर्न अनलाइन केवाईसी अघि सारेको छ। यो सेवाको सुरुवातसँगै एनएमबि बैंकका ग्राहकले आफ्नोे घर वा कार्यालयबाट केवाईसी विवरणहरू अनलाइन अपडेट गर्न सक्नेछन्। 

ग्राहकले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्न र खाता खोलिसकेका ग्राहकले पनि सजिलै यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्दछन्।

यस नयाँ प्रणालीको साथ अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नुपर्नेछ भने खाता सक्रिय गर्नका लागि हस्ताक्षरबाहेक कुनै पनि फारम भर्नुपर्ने छैन।

केवाईसी अपटेडका लागि https://kyc.nmb.com.np:8443 डिजिटल लिंक प्रयोग गर्न सकिनेछ। 

‘एनएमबिले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुआत गर्दैछ। ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकमा नधाईकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्छन्। ‘हालको परिवेशमा पनि यस प्रकारको सेवाले ग्राहकका लागि घरमै बसी बैंकिङ कारोबार सहज बनाउनुका साथै सवै प्रकारको म्यानुअल कामलाई निमूल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरण मैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ’, बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।