काठमाण्डौ । कुकुरले सुँघेर कोरोना संक्रमित पत्ता सक्ने तथ्य सार्वजनिक भएको छ।
जर्मनीका शोधकर्ताहरुले स्नाइफर डग अर्थात सुँघ्ने क्षमता प्रवल भएका कुकुरहरु कोरोना संक्रमित पत्ता लगाउन सफल भएको दाबी गरेका छन्। उनीहरुले त्यस्ता कुकुरहरुलाई तालिम दिएर सुँघेरै कोरोना संक्रमित पत्ता लगाउन सफल भएको बताएका छन्।
जर्मनीको ह्यानोभर सहरस्थित युनिभर्सिटी अफ भेटेनरी मेडिसिन तथा जर्मन सेनाको सहयोगमा भएको अनुसन्धानमा एक साताको दिइएको तालिमपछि ८ कुकुरहरुले ९४ प्रतिशत मामिलामा संक्रमित र संक्रमित नभएकाहरुको नमुना छुट्याउन सफल भएको पाइएको हो। शोधकर्ताहरुले यो अनुसन्धानबाट त्यस्ता तालिमप्राप्त कुकुरहरुलाई संक्रमितको पहिचान गर्न विमानस्थल र खेल मैदानजस्ता सार्वजनिक स्थानमा परिचालन गर्न सकिने दाबी गरेका छन्।
उता बेलायतलगायत अन्य देशहरुमा पनि कुकुरको मद्दतमा संक्रमित पहिचान गर्न सकिन्छ कि सकिन्ने भन्ने विषयमा अनुसन्धान भइरहेको छ। – एजेन्सी
6 minutes ago
14 minutes ago
27 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago