काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कार्तिकदेखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।

यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दति खाता खोल्नका लागि आवेदन दिनसक्ने बैंकले जनाएको छ । 

ग्राहकहरुले उक्त मुद्दति निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्ने बताइएको छ । 

पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्धार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहकहरुले घरबाटै इजीबैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् ।