काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका रहने गरी सामान आयातका लागि प्रतीतपत्र (एलसी) जारी गर्न सकिने व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। योसँगै अब चोभार सुक्खा बन्दरगाहबाट पनि अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने भएको छ। 

यसका साथै मेची, विराटनगर, वीरगन्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भइसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।