काठमाण्डौ । अब नेपालमा पनि संगठित संस्थाहरुले वार्षिक साधारणसभा (एजीएम)पछि मात्र बुक क्लोज गर्ने व्यवस्था गर्न लागिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अहिलेको बुक क्लोजको व्यवस्था अव्यवहारिक रहेको भन्दै नयाँ व्यवस्था ल्याउन लागेको हो। ‘धितोपत्र सूचीकरण विनियमावलीको मस्यौदा तयार भसकेको छ’, नेप्सेका एक अधिकारीले भने, ‘यही विनियमावलीअन्तर्गत अब बुक क्लोजको व्यवस्था पनि परिवर्तन गर्न लागिएको हो।’
अब संगठित संस्थाहरुले वार्षिक साधारणसभाको दिनदेखि ७ दिनसम्म बुक क्लोज गर्न पाउने व्यवस्था गर्न लागिएको ती अधिकारीले बताए। ‘यो व्यवस्था छिट्टै कार्यान्वयन ल्याउनेछौँ’, ती अधिकारीले भने।
अन्तर्राष्ट्रिय बजारमा वार्षिक साधारणसभापछि मात्रै बुक क्लोज गर्न पाउने व्यवस्था छ। ‘अन्तर्राष्ट्रिय बजारमा गरिएको व्यवस्थालाई नेपालमा पनि लागू गर्नका लागि अहिले नेप्से लागिपरेको छ’, ती अधिकारीले भने।
हाल नेपालमा वार्षिक साधारणसभाअघि नै संगठित संस्थाहरुले बुक क्लोज गर्नुपर्ने व्यवस्था छ। संस्थाहरुले १ दिनदेखि वार्षिक साधारणसभाको दिनसम्म बुक क्लोज गर्न पाउने व्यवस्था छ।
बुक क्लोजको मितिबारे भने संगठित संस्थाहरुले एक साताअगावै नेप्सेलाई जानकारी दिनुपर्ने धितोपत्र सूचीकरण विनियमावली गरिएको छ।
1 minute ago
20 minutes ago
30 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago