काठमाण्डौ । तपाइँको घरको झ्यालले बिजुली उत्पादन गर्न थाल्यो भने के हुन्छ ? बिजुलीको बिल होस् वा बिजुली आपूर्ति दुवै ठूलो जनसंख्याका लागि अझै समस्या छ। धेरै ठाउँमा पर्याप्त विद्युत् आपूर्ति नभएकाले कतिपय ठाउँमा बिजुलीको महसुलले जनतालाई सास्ती छ। यस्तो अवस्थामा सौर्य ऊर्जाले उनीहरुको समस्या समाधान गर्न सक्छ।

सौर्य ऊर्जाको क्षेत्रमा हरेक दिन नयाँ अनुसन्धान भइरहेको छ। गाउँको घर होस् वा सहरका अग्लो भवन, यी सबै ठाउँमा घरका झ्यालमा सिसाको प्रयोग हुन्छ।

यदि हामीले झ्यालको सिसाबाट बिजुली उत्पादन गर्न सक्छौँ भने हाम्रो बिजुलीको बिल कम हुन सक्छ। यससँगै हामीले विद्युत् आपूर्तिका लागि अर्को स्रोत पनि पाउनेछौँ।

झ्यालको सिसाको पावर सप्लाईका बारेमा तपाइँलाई अहिले काल्पनिक लाग्न सक्छ तर आगामी दिनमा यो सबै सत्य हुन सक्छ। हामी पारदर्शी सौर प्यानलका बारेमा कुरा गर्दैछौँ। जुन एक अत्याधुनिक प्रविधि हो।

यो प्रविधिको सहायताले झ्याल र बादर्लीमा आउने सूर्यको किरणलाई विद्युत उत्पादन गर्न प्रयोग गर्न सकिन्छ। अनुसन्धानकर्ताहरुले यस क्षेत्रमा धेरै काम गरेका छन्। यसमा धेरैजसो पारदर्शी सोलार कन्सेन्ट्रेटरजस्तै काम गर्दछ।

यसको मतलब यी प्यानलहरुले विशिष्ट यूभी र इन्फ्रारेड लाइट्स वेभलेन्थ्सलाई अवशोषित गर्छन,। जुन हामीलाई देखिँदैन। यी वेभलेन्थ्सलाई ऊर्जामा रुपान्तरण गर्न सकिन्छ र इलेक्ट्रोनिक उपकरणहरुका लागि प्रयोग गर्न सकिन्छ।

यो प्रविधिलाई फोटोभोल्टिक ग्लास पनि भनिन्छ। २०१४ मा मिसिगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले पहिलो पूर्णतया पारदर्शी सौर्य कन्सेन्ट्रेटर डिजाइन गरे। जसले सिसाको पाना वा झ्याललाई पूर्ण रूपमा पीभी सेलमा रुपान्तरण गर्न सक्छ।

सन् २०२० सम्ममा अमेरिका र युरोपका वैज्ञानिकहरुले १०० प्रतिशत पारदर्शी सौर्य चस्मा तयार गरेका छन्। जसले हामीलाई यस परिकल्पनाको नजिक ल्याउँछ। हाम्रा लागि यो प्रविधि धेरै उपयोगी छ।

आजको समयमा लगभग सबै ठाउँमा सिसा प्रयोग गरिन्छ। ठूला भवनमा सम्पूर्ण पर्खाल सिसाको बनाइन्छ। जसमा यो प्रविधि सजिलै प्रयोग गर्न सकिन्छ। यसरी कम पावरसँग सम्बन्धित ठूलो समस्यालाई पार गर्न सकिन्छ। –एजेन्सी