काठमाण्डौ । तीव्र विरोध र असन्तुष्टिपछि बिमा समितिले स्वास्थ्य मन्त्रालयबाट कोभिड १९ परीक्षणका लागि सूचिकृत भएका निजी ल्याबको रिपोर्टलाई समेत मान्यता दिई कोरोना बिमाको दाबीभुक्तानी पाइने व्यवस्था गरेको छ । 

साउन २१ गते जारी कोरोना मापदण्ड, २०७७ र कोरोना बिमालेखमा समेत संसोधन गर्दै समितिले यस्तो व्यवस्था गरेको हो । 

मापदण्डमा यसअघि सरकारी ल्याबहरुबाट आएको कोरोना रिपोर्टका आधारमा मात्र कोरोना बिमा गर्नेले दाबीभुक्तानी पाउने भनिएको थियो । तर, स्वास्थ्य मन्त्रालयले कोभिड १९ परीक्षणका लागि निजी ल्याबहरुलाई समेत सूचिकृत गरिसकेको अवस्थामा कोरोना बिमाको यो मापदण्डको तीव्र विरोध भएको थियो । यहीकारण बिमा समितिले मापदण्डमा समयसापेक्ष संसोधन गर्दै अब निजी ल्याबको रिपोर्टका आधारमा समेत कोरोना बिमाको दाबी भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । 

योसँगै बिमासमितिले कोरोना बिमा अन्तर्गत एकल बिमालेख सम्बन्धी व्यवस्था समेत हटाएको छ । अब भने कोरोना बिमाका लागि सामूहिक बिमालेख मात्र खरीद गर्न सकिनेछ । 

कोरोना बिमा मापदण्ड २०७७ को परिच्छेद(३) को दाबीभुक्तानी शीर्षकको दफा ११ मा समितिले देहाय अनुसारको संसोधन र थप गरेको छः