काठमाण्डौ। नेपाल राष्ट्र बैंकले विभिन्न शान्ति मिसनलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरणसमेतका लागि नेपाली सेनालाई सहज रुपमा विदेशी मुद्रा सहटीको व्यवस्था गर्ने भएको छ।
राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै नेपाल सेनको हकमा विदेशी मुद्रा सहटीको व्यवस्था सहज गरेको हो। जसअनुसार नेपाली सेनाले विभिन्न शान्ति मिसनलाई वार्षिक रुपमा विनियोजित रकम बैंकिङ उपकरण तथा प्रणालीमार्फत स्थानान्तरण गर्न त्यसलाई पुष्टि हुने कागजपत्र पेस गर्नुपर्नेछ।
आवश्यक कागजातका आधारमा सटही सुविधा प्रदान गर्दा यसअघि तोकिएका कुनै पनि सर्त लागू नहुने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।
यसका साथै नेपाली सेनाबाट अनुरोध भई आएमा बैंक खाता सञ्चालन नहुने/नभएको शान्ति मिसन तैनाथ रहेका मुलुकका लागि त्यस्तो सटही सुविधा नगदमा समेत उपलब्ध गराउन कुनै बाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ।
10 minutes ago
40 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago