काठमाण्डौ । आज सोमबारका नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्स÷वेविनारमार्फत आयोजना गरिएको  बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई ३ (तीन) र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २  (दुई) जना सञ्चालकबाट वृद्धि गरी ३ (तीन) कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन-थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको बैंकले जानकारी दिएको छ । 

बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको बैंकले जनाएको छ ।