काठमाण्डौ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ ।

नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत यो सुविधा लिन सकिनेछ । यस बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अव उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराईएको बैंकले जनाएको छ ।